२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसलाई सम्मानः ७७ नम्बरको जर्सी प्रयोगमा नल्याइने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने भएको छ । 

पारस खड्काको योगदानलाई सम्मान गर्दै क्यानले ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् ।