२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् ।




भर्खरै