२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब र हरियाणामा डढाइएको परालको धुवाँले नेपालमा वायु प्रदूषणको खतरा



अ+ अ-

काठमाडौँ । वातावरणविद् विनोद पोखरेलले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्दै गइरहेको बताएका छन् । ट्विटमार्फत जानकारी दिँदै उनले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्नुमा धेरै कारण रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार एउटा कारण भारतको पञ्जाब र हरियाणामा पराल डढाउँदा वायु प्रदूषण बढेको हो । उनले ट्विटमा नासाले खिचेको फोटो पोस्ट गरेका छन् जहाँ पञ्जाब र हरियाणामा बालिएको परालको आगोको तीव्रता र पूर्वानुमान गरिएको कार्बनमोनोअक्साइडलाई देखाइएको छ ।

डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको फोटोमा देख्न सकिन्छ । यसले नेपालमा वायु प्रदूषणको खतरा बढेको छ । साथै नागरिकलाई स्वास्थ्य समस्या निम्तिनसक्ने जोखिम बढाएको छ । पञ्जाब र हरियाणाका किसानले हरेक वर्ष (विशेषगरेर कात्तिक र मंसिरमा) धान भित्र्याएपछि मलका रुपमा पराल डढाउने गर्छन् ।