२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब र हरियाणामा डढाइएको परालको धुवाँले नेपालमा वायु प्रदूषणको खतरा



अ+ अ-

काठमाडौँ । वातावरणविद् विनोद पोखरेलले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्दै गइरहेको बताएका छन् । ट्विटमार्फत जानकारी दिँदै उनले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्नुमा धेरै कारण रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार एउटा कारण भारतको पञ्जाब र हरियाणामा पराल डढाउँदा वायु प्रदूषण बढेको हो । उनले ट्विटमा नासाले खिचेको फोटो पोस्ट गरेका छन् जहाँ पञ्जाब र हरियाणामा बालिएको परालको आगोको तीव्रता र पूर्वानुमान गरिएको कार्बनमोनोअक्साइडलाई देखाइएको छ ।

डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको फोटोमा देख्न सकिन्छ । यसले नेपालमा वायु प्रदूषणको खतरा बढेको छ । साथै नागरिकलाई स्वास्थ्य समस्या निम्तिनसक्ने जोखिम बढाएको छ । पञ्जाब र हरियाणाका किसानले हरेक वर्ष (विशेषगरेर कात्तिक र मंसिरमा) धान भित्र्याएपछि मलका रुपमा पराल डढाउने गर्छन् ।