२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको सुझावः एमालेमा वरिष्ठ नेता पद नराखौं



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउने प्रस्ताव अघि सारेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने तर्क राखे । 

वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने उनको भनाई छ । 

हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताकारूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुन् । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएकोमा समेत वामदेवको असहमति जनाएका हुन् ।