२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको सुझावः एमालेमा वरिष्ठ नेता पद नराखौं



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउने प्रस्ताव अघि सारेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने तर्क राखे । 

वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने उनको भनाई छ । 

हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताकारूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुन् । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएकोमा समेत वामदेवको असहमति जनाएका हुन् ।