२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि आफूविरुद्ध घेराबन्दी: उपकुलपति सिंह

‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि आफूविरुद्ध घेराबन्दी: उपकुलपति सिंह
अ अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अपवाह फैलाइएको बताउनुभयो । 

शनिबार विश्वविद्यालयकै लेटरप्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको पे्रस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफूविरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गर्नुभयो । “अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्”, उहाँले भन्नुभयो, “पदमा रहुञ्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।” उहाँले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिनुभयो । 

आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफूविरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो । उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । केही उद्दण्ड तत्वहरुले भौतिक संरचनामा पुर्याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गर्नुभयो । 

त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी सङ्गठनहरुले माग गरेका छन् ।