२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छः अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । 

अब विचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उहाँले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।