२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छः अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । 

अब विचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उहाँले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।