२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशः विशेष अधिवेशन आह्वानविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

योसँगै अब प्रदेश सभाको विशेष अधिवेशनका लागि बाटो खुलेको छ ।

रिटका विषयमा हकदैयाको अभावमा अधिवेशन बदर गरी पाउँ भन्ने कानून व्यवसायी प्रवेश केसी शुक्रवार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । विपक्षी गठबन्धनका ३४ सांसदले विशेष अधिवेशनको मागसहित प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन पेश गरेपछि शेरचनले अधिवेशन आह्वान गरेका थिए । 

साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने तय भएको छ । 

योसँगै वैशाख महिनादेखि लुम्बिनी प्रदेश सरकार जोगाउने र ढालेर नयाँ सरकार बनाउने सत्ता पक्ष र विपक्षीको प्रयासको छिनोफानो यही साताभित्र हुने देखिएको छ ।