२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन : मेयर शाक्य

हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन : मेयर शाक्य
अ अ+ अ-

काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो । 

डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण तयार पारिएको थियो । यसलाई ०७७ मंसिर २९ गते २६ औँ महानगर दिवसको सन्दर्भ पारेर पहिलो पटक सार्वजनिक गरिएको थियो । पुस्तकमा जात्रा सञ्चालन हुने रुटलगायतका विषयमा रजिता शाक्य उदासका नक्साहरु र जात्राका सामाजिक, सांस्कृतिक पक्षमा स्व। एकाराम सिंहले कोर्नुभएका चित्र राखिएका छन् । 

पुस्तक वितरण गर्दै महानगरका प्रमुख शाक्यले, इन्द्रजात्राको व्यापकताका विषयमा कुरा गर्दै, राष्ट्रिय पर्वका रुपमा मनाइने जात्रालाई नेवार समुदायले सञ्चालन गरेको उल्लेख गर्नुभयो । जात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले प्रयास गरिरहेको छ । शाक्यले भन्नुभयो, ‘०७६ सालमा महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुख र प्रतिनिधिलाई बोलाएर जात्राको अवलोकन गराएको थियो । त्यहाँ उहाँहरुले जात्राका प्रत्यक्ष क्रियाकलापमा आफूलाई सहभागी गराउनुभयो । त्यहाँका चालचलन श्पर्श गर्नुभो । महसुस गर्नु भो । अनेकथरी गतिविधि आफ्नै सुरमा एकतमासले चलिरहेको देख्नुभो । सामाजिक सद्भावका दृष्टिले यो उहाँहरुका लागि उदाहरण बन्यो ।’

जात्राको गरिमा उहाँहरुले आफ्नो परिवेशमा सुनाएका खवर आफूले प्राप्त गरिरहेको बताउँदै उहाँले, महामारीको अवस्था हेरेर अनुकुल भए यस बर्ष पनि भगिनी सहरका प्रमुख र प्रतिनिधिहरुलाई बोलाउने उल्लेख गर्नुभयो ।