७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी घटनाको छानविन गर्न गृहद्वारा समिति गठन



गृह मन्त्रालय
अ+ अ-

काठमाडौं । महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।

जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहनुभएको छ ।

उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस