२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
अ अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक अवसरमा अलमलिनुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। तर अवसरका लागि केही जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। सम्भावना देखिए पनि केही समस्याले अल्झाउन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। खर्च लागे पनि यात्राको साइत जुर्नेछ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। भौतिक साधनको कमीले काममा विलम्ब हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। केही उपलब्धिका स्रोत भने पहिल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर, परोस्थितिवश सामान्य काममा अलमलिनुपर्ला। अवसरवादीहरूले झुक्याउन सक्छन्। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।