९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलन मस्कले किन हटाए ट्वीटर सीईओ अग्रवालसहितका कर्मचारी ?



अ+ अ-

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाललाई बर्खास्त गरेका छन् ।

उनीसँगै मुख्य वित्तीय अधिकारी (सीएफओ) नेद सहगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई पनि बर्खास्त गरिएको छ ।

उनले सामाजिक सञ्जाल प्लेटफर्ममा नक्कली खाताहरूको संख्याको बारेमा आफू र ट्विटरका लगानीकर्ताहरूलाई भ्रमित गरेको आरोप लगाएका छन् । मिडिया रिपोर्टका अनुसार पराग अग्रवाल र नेद सहगलले कम्पनीको सान फ्रान्सिस्को मुख्यालय छोडेका छन् ।

अक्टोबर २७ मा, एलन मस्क सान फ्रान्सिस्कोमा ट्विटरको मुख्यालय पुगे र कर्मचारीहरूसँग कुरा गरे । त्यसका केही तस्विरहरु ट्वीटरमा शेयर गरिएको छ ।

मस्कले आफ्नो ट्विटर ह्यान्डलको बायो पनि परिवर्तन गरेका छन् । उनले बायोमा ुचीफ ट्विटु लेखेका छन् ।