२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो



अ+ अ-

धनुषा । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हाती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका विष्णुलाल पण्डितले बताउनुभयो ।

पण्डितले पहिलेपहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो । नेपाली बजारमा हिन्दू धर्मावलम्बीको दसैँ, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताउनुभयो ।

यहाँका पण्डित कुम्भकार ९कुमहार०ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकार कम भएको र केहीले पेशा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ ।

अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिनुभयो । उता केही नेपाली कुमालले पुख्र्यौंली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पख्रनुपर्ने भएकाले सङ्कटमा परेको बताउँछन् ।

धनुषासहित यहाँका अधिकांश पण्डित कुमालले भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौंली पेशाबाट विमुख भएको बताउँछन् । पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् । रासस