२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्नुपर्छ: अध्यक्ष ओली

चाडपर्वहरुको संरक्षण र संवद्धर्न  गर्नुपर्छ: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाईटीका लगाउनुभएको छ ।

बिहीवार भाईटीकाको अवसरमा शुभ साईतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातवाटा भाईटीका लगाउनुभएको हो । ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गर्नुभयो । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिनुभएको थियो ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाईटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताउनु भयो । उहाँले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताउनु भयो । उहाँले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्र्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा चाडपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाईटीकाको दिन हुँदैन थियो भने दिदिबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाईटीकाको कारणले सम्भव छ । चाडहरु विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरुको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ ।

हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड,पर्व इतिहासहरुलाई हामीले संरक्षित गर्नु र संवद्र्धन गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनैपनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।’

अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो ।