२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक



अ+ अ-

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो । आइतवार सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएसंगै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । देउवाले असार २९ गते शपथ लिएका थिए ।

शपथ लिएकै दिन देउवाले कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

लामो समयसम्म मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको भन्दै देउवाको चौतफिक विरोध भइरहेको छ ।