७ माघ २०८१, सोमबार
,
Latest
कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते दस जनालाई ‘नइ पुरस्कार’ कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन सिङ्गो बस्ती नै शौचालयविहीन डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार बालगोपालेश्वर मन्दिर खुला गरिने



अ+ अ-

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यसवर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । रासस