२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुल्सीलाल स्मृति प्रतिष्ठानमा वामदेव गौतम, स्थायी कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पुगेका छन् । उनि सोमबार पार्टीको  स्थायी कमिटी बैठक भग लिन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पुगेका हुन् । 

तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा अहिले एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा उपाध्यक्ष  गौतम पनि सहभागी भएका छन् । दिउँसो ३ बजे बस्ने तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

आइतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक  उपाध्यक्ष भीम रावलले पार्टी एकताको लागि भन्दै बैठक स्थगित गर्न माग गरेका थिए । आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच गोप्य रुपमा छलफल भएको चर्चा थियो ।

आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ ।महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।