२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुल्सीलाल स्मृति प्रतिष्ठानमा वामदेव गौतम, स्थायी कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पुगेका छन् । उनि सोमबार पार्टीको  स्थायी कमिटी बैठक भग लिन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पुगेका हुन् । 

तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा अहिले एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा उपाध्यक्ष  गौतम पनि सहभागी भएका छन् । दिउँसो ३ बजे बस्ने तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

आइतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक  उपाध्यक्ष भीम रावलले पार्टी एकताको लागि भन्दै बैठक स्थगित गर्न माग गरेका थिए । आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच गोप्य रुपमा छलफल भएको चर्चा थियो ।

आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ ।महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।