२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ति मनाइयो

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ति मनाइयो
अ अ+ अ-

काठमाडौं । आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ति धुमधामका साथ मनाइएको छ ।

काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ति मनाइएको हो ।

त्यस अवसरमा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको उल्लेख गर्नु भयो । उहाँले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाब्यको रुपमा लिएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो । तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साँहिला छोराको रुपमा जन्मनु भएको महाकवि देवकोटा शिक्षामन्त्री समेत बन्नु भएको थियो । उहाँको २०१६ साल भदौं २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा क्यान्सरको कारणले निधन भएको थियो ।