२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ जिल्लाका सभापति पौडेलको पक्षमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षमा  ४७ जिल्लाका सभापतिहरु उभिएका छन् । काठमाडौँको ठमेलमा जारी जिल्ला सभापतीको भेलामा ३५ जनाले भौतिकरूपमा सहभागी जनाएका छन् भने १२ जना भर्चुअलरूपमा सहभागी भएका हुन् । 

पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन भेलाको आयोजना गरेको हो । दिनभर चल्ने सो भेलामा जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त राख्ने भएका हुन् । 

आजै दिउँसो ३ बजे महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा पौडेल पक्षले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक पनि बोलाएका छन् । 

सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको पौडेले पक्षले भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल गर्न लागेको हो ।