• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

फूल व्यवसायीलाई भ्याइनभ्याइ



फूलबेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उहाँले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गर्नुभएको छ । मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताउनुभयो । “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।”

सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गर्नुभएको हो । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “एउटा मालाको एक सय र प्रतिकिलो ग्राम फूल पाँच सयमा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो ।”

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आउनुभएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ । बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताउनुभयो । “फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।”

चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उहाँको भनाइ छ । “एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।”

उहाँका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ । यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ ।