२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतमको आक्रोश, पार्टीमा मनपरी गर्न पाइँदैन



अ+ अ-

काठमाडौंः नेकपा (एमाले) को  आज बसेको स्थायी कमिटीको विधान संशोधन सम्बन्धी बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राख्दै यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयलाई अध्यक्षका अधिकारहरु भन्ने शीर्षकमा केही अधिकारहरु थप्न व्यंग्यपूर्ण धारणा राख्नु भएको छ ।  

हाम्रो पार्टीका अध्यक्षलाई आममाफि दिने अधिकार हुनेछ र पार्टी अनुशासनात्मक कारबाही शीर्षक अन्तरगत केही बुँदाहरु थप्नु जरुरी छ, गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै भन्नुभयो ।   

बैठकमा निकै आक्रामक शैलीमा प्रस्तुत हुँदै नेता गौतमले पार्टी अनुशासन उल्लघन गर्नेहरु मध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिने छ, कतिलाई गद्दार भन्न सकिने छ र कतिलाई देशद्रोही पनि भन्न सकिने छ भन्ने उल्लेख गर्नुपर्ने बताउनुभयो ।

गौतमले कम्युनिष्ट पार्टीमा माथि उल्लेख भएका विषयहरु कुनै पनि देशका कुनै पनि कम्युनिष्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन भन्दै अगाडि भन्नुभयो, अहिले नेकपा (एमाले) का बरिष्ठ नेता माधव कुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो ।

अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो,  बोल्नु हुँदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइँदैन । त्यसैले पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुन्छ । नेता गौतमले सभाहलमा बोलिरहँदा कमिटी स्तब्ध हुनुका साथै हलमा सन्नाटा छाएको बैठकमा सहभागी एक नेताले बताए ।