२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

त्यो स्वर्ण पदक मात्र थिएन, प्रेरणादायी खेल स्टारको जमघट थियो

त्यो स्वर्ण पदक मात्र थिएन, प्रेरणादायी खेल स्टारको जमघट थियो
अ अ+ अ-

काठमाडौं । काखमा सानो बच्चा, अस्वस्थ र शिथिल शरीर, यस बिचमा पनि  ट्रायकमा दौडी रहने उनको रहर ।  अमेरिकी धाविका एलीसन फेलीक्सको मनमा अनेक तर्कना हुने गर्थे, २०१९को समयमा । छोरी जन्मिए पछि छोरीको आँखामा हेर्दै सोचिन्,“ जिन्दगीमा धेरै दौड जितियो पछि अबको छोरीकै आँखा अगाडी किन नजित्ने । ”

भर्खरै सम्पन्न भएको टोकियो ओलम्पिकमा अनेकौँ कथा लेखिए । थुप्रै पदकको छिनो फानो हुँदा ती हरेक पदकसँग केही कथाहरू जोडिएका छन्  । यसै पदक मध्य एउटा महत्त्वपूर्ण पदक थियो, महिला ४ गुणा ४ सय मिटर रिलको  । टोकियो ओलम्पिकमा अपेक्षा गरिएका अमेरिकी टोलीले कमजोर प्रदर्शन गरी रहेको थियो । यस बिचमा कोचिङ स्टाफले ४ सय मिटरमा कास्य पाएकी एलीसन फेलीक्सका साथमा फरक विधामा  सफलता पाएका फरक तीन स्टारलाई रिलेमा दौडाउने नीति लियो । स्वर्ण विजेता  सो टोलीका ती चार धाविकाकै  खेल जीवनमा पठनीय फरक फरक कथाहरू रहेका छन् । यी नै मध्यकी एक ऐतिहासिक स्टार फेलीक्स । अन्य तीन स्टार एथिङ मु, डालिया मुहमुद र सिड्नी म्याकगलन । 

फेलीक्सको त्यो ११ औ ओलम्पिक थियो ।  पहिलो पदक उनले सन् २००४ मा एथेन्समा प्राप्त गरेकी थिइन् । टोकियो ओलम्पिकको पदकसँगै उनले सर्व कालीन उत्कृष्ट एथलेटको कोटीमा रहेका कार्ल लुइसलाई पछि छाड्दै सर्वाधिक ओलम्पिक पदक जित्ने अमेरिकी एथलेटिक्स खेलाडी बनिन् । उनी भन्दा बढी स्वर्ण पदक जित्ने एथलेटिक्स खेलाडी फिनल्यान्डका पावो नुर्मी मात्र रहेका छन् । नुर्मीले १२ ओलम्पिक पदक जितेका छन् । 

सन् २०१८ को नोभेम्बरमा फेलीक्स प्री प्लाज्मीयाबाट ग्रसित थिइन् । छोरी क्यामरनको जन्म हुनु भन्दा ३२  साता अगाडी यस्तो समस्या देखिए पछि उनलाई अस्पतालले इमर्जेन्सी सी सेक्सनमा राखेको थियो ।  २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनी रिले टोलीमा मात्र अटाइन् । सधैँ जितको भोक रहेकी फेलीक्स सबै युवा खेलाडीको प्रेरणाको श्रोत भएको यसै रिले टोलीमा समावेश एथिङ मु बताउँछिन् ।
 
तीनै मूले टोकियो ओलम्पिकको एक वर्ष अघि मेडेलीन मेमिङसंग फोन गर्दै भनेकी थिइन्,“ म तपाइ जस्तै ओलम्पिकमा पदक जित्न चाहन्छु ।” मेडेलीन तिनै ऐतिहासिक खेलाडी हुन् जसले सन् १९६८ को मेक्सिको ओलम्पिकमा ८०० मिटरमा स्वर्ण पदक जितेकी थिइन् । सो स्पर्धामा सहभागी हुने पहिलो अफ्रिकन अमेरिकन पनि तिनै थिइन् र सो स्पर्धामा उपाधि जित्ने पहिलो अमेरिकी पनि । 

५३ वर्ष पछि अमेरिकाले  यस स्पर्धामा स्वर्ण पदक जित्न सफल भयो । त्यो स्वर्ण पदक तीनै मुको नाममा रह्यो । ५३ वर्ष पछिको त्यो स्वर्ण पदक अफ्रिकन अमेरिकनले  जितिन् । ७३ बर्सिया मिम्स वर्षौँ देखि यसै दिन पर्खिएर बसेको बताउँछिन् । सन् १९६८ मा मिम्सले जित्दा २ मिनेट ०.९ सेकेन्ड समय लगाएकी थिइन् । त्यस समय ओलम्पिक कीर्तिमान समेत मिम्सकै नाममा थियो । अहिले मूले जित्दा १  मिनेट ५५.२१ सेकेन्ड समय लगाएकी थिइन् । मुको यो समय अमेरिकी कीर्तिमान बनेको छ । 

यत्ति मात्र होइन, ओलम्पिक अघि यस वर्ष संसारकै सबैभन्दा छिटो समयमा ४०० मिटर दौडने अमेरिकी पनि मु नै थिइन् । यसका बाबजुद उनी कुनै पनि हालतमा स्वर्ण जित्ने चाहनाका साथै आफ्नो सम्पूर्ण ध्यान ८०० मिटरमा केन्द्रित गरेकी थिइन् । 

सुडानी आप्रवासीको छोरी मुका बाबु आमाको उनी सानो  छदा सम्बन्ध विच्छेद भएको थियो ।  यो पिडादायक बाल्यकालबाट गुज्रँदै उनले आफूलाई परिष्कृत बनाएकी हुन् । 

डालिया मुहमुदले सन् २०१६ मा ४०० मिटर हर्डल्समा स्वर्ण पदक जिते पछि तीन वर्षको अन्तरमा भिन्न सफलता पाएकी थिइन् । त्यो तिन वर्षमा विश्व च्याम्पियन तथा विश्व कीर्तिमान धारी हुने क्रममा मुहमुदले २०१९ मा विश्व कीर्तिमान भङ्ग गरेकी हुन् ।  

२०२० मा आफ्नै कीर्तिमान भङ्ग गर्दै उनले ५२.१० सेकेन्डको विश्व कीर्तिमान राखेकी थिइन् । जब अमेरिकामा कोरोना महामारीको दोस्रो लहरले छोयो मुहमुदलाई पनि यसले छाडेन । कोरोना सङ्क्रमण र ह्यामस्ट्रिङ इन्जुरीका कारण उनी लामो समय ट्र्याकबाट बाहिर रहिन् । उनका समर्थकमा त कतै ती सुपर स्टार अब नदेखिने त होइन भन्ने चिन्ता थियो । सबैको अनुमानलाई गलत साबित गर्दै मे महिनामा उनी फेरी ट्र्याकमा आइन् । जुनमा भएको अमेरिकी ओलम्पिक ट्रायलमा उनी सहभागी भएकी थिइन् । सिड्नी म्याकगलन भन्दा पछि रहँदै उनी ओलम्पिकमा छनोट भइन् । उनको नाममा रहेको कीर्तिमान भने म्याकगलनले त्यसै रेसमा भङ्ग गरेकी थिइन् । 

ओलम्पिकमा दुई स्टार म्याकगलन र मुहमुद दुवै हर्डल्सको फाइनलमा फेरी भेटे । मुहमदले म्याकगलनले राखेको ५१.९० सेकेन्डको समय भन्दा कम समयमा रेस पुरा गरिन् । उनको प्रशिक्षणको योजना मुताबिक ५१.५८ सेकेन्डमा रेस पुरा गर्नै सफल भइन् । तापनि ५१.४७ सेकेन्डमा रेस गर्दै उपाधि म्याकगलनले पहिलो स्थान पाइन् । रेस अफ द ओलम्पिकमा यो रेस पनि रहेको छ । 

अक्पटीक न्युरेटक्सबाट समेत ग्रसित मुहमुदका लागि यस बिचको समय साँच्चै कठिन रहेको थियो । आफ्नै कीर्तिमान गर्दै र्हडल्सको स्वर्ण पदक जित्ने म्याकगलनले १६ वर्षको उमेरमा रियो ओलम्पिकका कास्य पदक जितेकी थिइन् । सोही समय देखि मुहमुद उनको आदर्श थिइन् । तीनै जस्तो हुने आकाङ्क्षा म्याकगलनको पनि थियो । 

सन् २०१६ मा म्याकगलन ओलम्पिकमा छनोट हुनुलाई नै धेरैले आश्चर्यको रूपमा हेरेका थिए । यस पटक कोरोना महामारीले धेरैको जीवन अस्तव्यस्त बने पछि उनलाई पनि प्रशिक्षण गर्न कठिन भई रहेको थियो । ६ ओलम्पिक पदक विजेता ज्याकी जायनर कर्सीका श्रीमान् बबी कर्सीसंग प्रशिक्षण गर्न उनी धेरै टाढाको यात्रा तय गर्न पुगिन् । संयोग भनौँ ,तीनै कर्सी धेरै लामो समय देखि एलीसन फेलीक्समा समेत प्रशिक्षक थिए । 

ओलम्पिक सरे पछि केही समय उनी डिप्रेसनको सिकार पनि भएकी थिइन् । जसरी २०१६ मा म्याकगलनले सबैलाई आश्चर्यमा पारिन्, अहिले उनले पार गरेको समयले सबैलाई आश्चर्यमा पारेको छ । 

हर्डल्समा यो सफलता पाएकी म्याकगलनलाई रिलेमा पनि पहिलो लेगको जिम्मेवारी दिइयो । आफ्ना प्रतिस्पर्धीलाई पछि छाडेर ब्याटन एलीसन फेलीक्सलाई दिए पछि अमेरिकाले कहिल्यै पछि फर्केर हेरेन । 

महिला ४ गुणा  सय मिटरको रिलेको त्यो स्वर्ण जिताउने टोली यस्तो थियो , जसले लामो समय अमेरिकी ट्याकको फिल्डको भिन्न युगको प्रतिनिधित्व गरेको थियो । खेल जीवनको अन्त्यमा आइपुगेकी फेलीक्स, सफल जीवनको सुरुवात गरी रहेकी मु, खेल जीवनको मध्यमा आइपुगेकी मुहमुद र उपाधिको यात्रा सुरु गरेकी मुहमदको यो संयोजन सायद इतिहासले  सधैँ सम्झने स्टारको संयोजन थियो । ट्र्याकमा कुद्न चाहने सवैका लागि प्रेरणादायी व्यक्तिहरूको जमघट पनि ।