• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन

प्रम देउवासहित गठबन्धन दलका शीर्ष नेता वीरेन्द्रनगरमा



कर्णाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसहित शीर्ष नेताहरु आज दिउँसो वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएको हो ।

उहाँहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको संयुक्त भेलालाई सम्बोधन गरेर यहाँ आउनुभएको नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले बताउनुभयो । उहाँका अनुसारमा भेलामा कर्णाली प्रदेशका दशवैट जिल्लाका उम्मेदवार तथा प्रत्येक दलबाट प्रतिनिधिमूलक नेताहरुको सहभागिता रहेको छ ।