२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ



अ+ अ-

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।

निर्वाचनमा कूल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । निर्वाचनका लागि कूल करिब आठ करोड मतपत्र आवश्यक पर्छ । रासस