८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लन्डनबाट रुससम्म उडेर कीर्तिमान बनाएको चमेरोलाई बिरालोको आक्रमण



अ+ अ-

एजेन्सी । कीर्तिमान स्तरमा २,०१८ किलोमिटर उडेर लन्डनबाट रुस पुगेको एउटा चमेरो बिरालोको आक्रमणमा मारिएको छ।

मान्छेको बूढीऔँला आकारको नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो रुसको पस्कोफ क्षेत्रमा देखिएको थियो।

पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न भएको उक्त चमेरोलाई एउटा पुनर्स्थापना समूहले उद्धार गर्‍यो, तर पछि चमेरो मर्‍यो।

ब्रिटेनबाट कुनै पनि चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको यो नै भएको छ। त्यसले ब्रिटेनको अभिलेखमा रहेका सबै कीर्तिमानलाई भङ्ग गरेको छ।

रहस्यपूर्ण गतिविधि
आठ ग्राम तौल भएको नाथुसिअस पिपिस्ट्रेल चमेरोलाई रुसको एउटा सानो गाउँ मोल्गिनोकी बासिन्दा स्भेट्लाना लापिनाले फेला पारेकी थिइन्।

चमेरो फेला परेको घटनाबारे यूकेस्थित ब्याट कन्जरभेशन ट्रस्टलाई जानकारी गराइयो।

ट्रस्टस्थित संरक्षण सेवा प्रमुख लिसा वर्लेजले भनिन्स् 'यो एकदमै उल्लेखनीय यात्रा हो र हामीलाई थाहा भएसम्म ब्रिटेनबाट युरोपमा कुनै चमेरोले गरेको सबैभन्दा लामो यात्रा पनि हो। कस्तो असाधारण?'

"तिनको यात्रा एउटा चाखलाग्दो वैज्ञानिक खोज हो र चराहरूको बसाइँसराइको अर्को हिस्सा हो। यूकेभित्र तथा यूके र महादेशबीच नाथुसिअस पिपिस्ट्रेल चमेराहरूको गतिविधि रहस्यमय रहँदै आएको छ।"

दुई हजार १८ किलोमिटर दूरीसम्म उडेको पछिल्लो कीर्तिमानलाई युरोपमा अर्को नाथुसिअस पिपिस्ट्रेल चमेरोको यात्राले मात्रै उछिनेको छ।

सन् २०१९ मा त्यो चमेरोले लाट्भिआबाट स्पेनसम्म २,२२४ किलोमिटर यात्रा गरेर कीर्तिमान बनाएको थियो। नाथुसिअस पिपिस्ट्रेल चमेराहरूको बढ्दो बसाइँसराइ जलवायु परिवर्तनसँग जोडिएको बताइन्छ।

थप हुने जलवायु परिवर्तनले ती प्रजातिहरूलाई थप असर पुर्‍याउनेछ। यूकेमा २,६०० भन्दा बढी नाथुसिअस पिपिस्ट्रेल चमेराहरू रहेको तथ्याङ्क छ। (बीबीसी)