१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रज्ञा भवनमा प्रज्ञा सिस्नुपानी देउसीको झटारो- फोटो फिचर



अ+ अ-

काठमाडौं ।कोरोना कहरका कारण दुई बर्ष रोकिएको ‘प्रज्ञा सिस्नुपानी देउसी’यस पटक आयोजना गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा ‘प्रज्ञा सिस्नुपानी देउसीको आयोजना गरिएको थियो।

देउसीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले बर्तमान राजनीतिक बिसंगतिका बारेमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा यसैगरी कवि अर्जुन पराजुलीले आधा दर्जन कविता मार्फत समसामयिक विषयमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बरिष्ठ तवलाबाधक अच्युतराम भन्डारीको नेतृत्वमा रहेको ३८ जनाटोलीले तवला मार्फत प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सिस्नुपानिको टोलीका टंक आचार्य , धिरेन्द्र प्रेमर्षि , लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले देउसी मार्फत समसामयिक राजनीती, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्व (प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व(प्रधानमन्त्री डा.बाबुराम भट्टराई , मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू,विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

फोटो- नारद बास्तोला