७ आश्विन २०८१, सोमबार
,
Latest
काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रज्ञा भवनमा प्रज्ञा सिस्नुपानी देउसीको झटारो- फोटो फिचर



अ+ अ-

काठमाडौं ।कोरोना कहरका कारण दुई बर्ष रोकिएको ‘प्रज्ञा सिस्नुपानी देउसी’यस पटक आयोजना गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा ‘प्रज्ञा सिस्नुपानी देउसीको आयोजना गरिएको थियो।

देउसीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले बर्तमान राजनीतिक बिसंगतिका बारेमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा यसैगरी कवि अर्जुन पराजुलीले आधा दर्जन कविता मार्फत समसामयिक विषयमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बरिष्ठ तवलाबाधक अच्युतराम भन्डारीको नेतृत्वमा रहेको ३८ जनाटोलीले तवला मार्फत प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सिस्नुपानिको टोलीका टंक आचार्य , धिरेन्द्र प्रेमर्षि , लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले देउसी मार्फत समसामयिक राजनीती, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्व (प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व(प्रधानमन्त्री डा.बाबुराम भट्टराई , मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू,विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

फोटो- नारद बास्तोला