२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष नवनियुक्त अमेरिकी राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको  हाे ।

यसअघिका राजदूत र्यान्डी बेरीले आफ्नो कार्यकाल पूरा गरिसकेपछि थम्प्सन नेपालका लागि राजदूत नियुक्त भएका हुन् ।

ओहोदाको प्रमाण पत्र बुझाएपछि राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय भएको जनाउनु भएको छ ।

उहाँले यस अवसरले आफूलाई विनयशील बनाएको र सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबिचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध रहेको जनाउनु भएको छ ।

उहाँले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ

अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु । आगामी वर्षहरूमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ ।

जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ । अन्त्यमा, नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्नेछन् ।

अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षमा म आफ्नो कार्यकालभन्दा अगाडि हेर्दै आगामी ७५ वर्षको सफलताले हाम्रा पछिल्ला ७५ वर्षका ठूलाभन्दा ठूला उपलब्धिलाई उछिन्नेछ भन्नेमा निकै आशावादी छु ।