२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेरौँ मनै लोभ्याउने लाङटाङका सुन्दर दृश्यहरु– तस्बिरहरु



अ+ अ-

पर्यटकको रोजाइमा रहेको लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो । यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।

समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्यानजेन भ्याली लाङटाङ हिमाल हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो ।

नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा लाङटाङ पर्दछ । काठमाडौंबाट नजिकै रहेको र यात्राको समय कम लाग्ने भएकाले यहा पर्यटकको आकर्षण रहने गरेको छ । आँखै अगाडि हिमाल हेर्न सकिने भएकाले पनि यो लाङटाङ पदयात्राका लागि विदेशीहरु झुम्मिने गरेका छन् ।

यो पदयात्रामा लाङटाङ हिमाल (७२४६ मि) सँगै नेपाल र तिब्बतका दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ ।

तस्बिर: अम्बिका गहतराज