२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड



अ+ अ-

बुटवल । बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड भएको छ । आज बिहान नेविसंघ र अखिल क्रान्तिकारीका नेतारकार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन्।

क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको छ।

उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड  गर्दै कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएका छन्।

गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए। नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन्। 

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन्।