२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध रसुवा निर्माणमा सहभागी बन्न काँग्रेस नेता मोहन आचार्यको आग्रह



अ+ अ-

रसुवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले समृद्ध रसुवा निर्माणमा सहभागी बन्न रसुवाबासीलाई आग्रह गर्नुभएको छ ।

आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधीसभा सदस्यका रुपमा रसुवाबाट गठबन्धनका उम्मेदवार बन्नुभएका ईन्जिनीयर आचार्यले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानमा जुट्न रसुवाबासीलाई आग्रह गर्नुभएको हो ।

समृद्ध रसुवा निर्माणको महाअभियान बोकेर विस २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा विजयी सांसद आचार्यले रसुवा विकास नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो ।

चुनावी प्रचारप्रसारको सिलसिलामा आज रसुवाको पार्वतीकुण्ड, आमाछोदिङ र गत्लाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

“संविधानमा भएको अधिकारलाई ओलीले संसद विघटन गरेर जुन काम गर्नुभयो, त्यसको रक्षाका निम्ति वर्तमान पाँचदलीय गठबन्धन निर्माण भएको हो,”– उहाँले भन्नुभयो ।

नेता आचार्यले संविधान जारी भएको लामो समयसम्म पनि संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार दिन नचाहँदा र आवश्यक कानून बन्न नसक्दा संघीयतामाथि प्रश्न उठ्न थालेको बताउनुभयो । “नेपाली काँग्रेस सिंहदरबारमा केन्द्रीत अधिकार वडा वडासम्म पु¥याउन चाहन्छ, त्यसका लागि संविधान कार्यान्वयन हुनु जरुरी छ,”– उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले केन्द्रको अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो ।