२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक रु दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक रु दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको रु एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर नौ दशमलब ९७, बिन्दवासिनी हाइड्रोपावर चार दशमलब ३७, विशाल बजार कम्पनी चार दशमलब शून्य चार, नारायणी डेभलपमेन्ट बैंक तीन दशमलब दशमलब ४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले दुई दशमलब ७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र सात दशमलब ७३, सामुदायिक लघुवित्त सात दशमलब ६७, अभियान लघुवित्त छ दशमलब ५९, हिमालयन पावर पाटर्नर पाँच दशमलब ६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ५६ प्रतिशतले गुमाएका छन् ।