१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

महिला बास्केटबलमा सम्भावना भए पनि लगानी न्यून

महिला बास्केटबलमा सम्भावना भए पनि लगानी न्यून
अ अ+ अ-

दमौली । केही समय अगाडि माल्दिभ्समा सम्पन्न साबा च्याम्पिनसीपमा नेपाली महिला बास्केटबल टिम दोस्रो हुन सफल भयो । श्रीलङ्कासँग फाइनलमा पराजित हुँदै नेपाली महिला बास्केटबल टिम दोस्रो भएको थियो । नेपालमा महिला बास्केटबलको पर्याप्त सम्भावना रहेको औँंल्याइएको छ । नेपालको महिला बास्केटबल दक्षिण एशियामा दोस्रो स्थानमा रहेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठ बताउनुहुन्छ ।

“बास्केटबलमा नेपालको धेरै राम्रो सम्भावना छ, बास्केटबलमा खेलाडीको आकर्षण बढ्दो छ”, श्रेष्ठले भन्नुभयो, “चुनौति भनेको पूर्वाधार अभाव हो ।” बास्केटबलका लागि पर्याप्त पूर्वाधार निर्माण गरेर बास्केटबल खेल्ने खेलाडीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।

“बास्केटबलमा महिला खेलाडीको आकर्षण बढाउन खेलाडीलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्छ, खेलकुदमा सरकारको लगानी प्रशस्त छैन”, उहाँले गुनासो गर्नुभयो, “कतै खेल खेलाउनुप¥यो भने प्रायोजक खोज्नुपर्ने अवस्था छ ।” बास्केटबलमा अहिले भइरहेको लगानी पर्याप्त नभएको उहाँले बताउनुभयो ।

श्रेष्ठले बास्केटबलको सम्भावना भएकै कारण यो खेलप्रति आकर्षण बढिरहेको बताउनुभयो । “खेलाडीलाई प्रोत्साहन गरेर खेलमा टिकिरहने वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ”, श्रेष्ठले भन्नुभयो । महिला बास्केटबल टिमका नेपाल कप्तान सदिना श्रेष्ठले बास्केटबलको सम्भावना रहेको बताउँदै भन्नुभयो, “सरकारले बास्केटबललाई प्राथमिकतामा राखेर अगाडि बढाउँदा मात्रै खेलाडीले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्छन् ।”

तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आयोजित नवौँं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला बास्केटबलमा बागमती प्रदेशको टिमबाट सहभागी श्रेष्ठले दक्षिण एसियामा नै नेपालको महिला बास्केटबलको प्रगति हुँदै गएको बताउनुभयो । मधेश प्रदेशका खेलाडी सवना खातुनले बास्केटबल खेलप्रति आकर्षण बढे पनि पूर्वाधार नहुँदा खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो । “मधेश प्रदेशमा महिला बास्केटबल नयाँ जस्तै हो, हामी पनि बल्ल बल्ल सिक्दैछाँै, तर पूर्वाधार नहुँदा दुःख लाग्छ”, उहाँ भन्नुहुन्छ, “बास्केटबलमा महिला खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिनुपर्छ ।”

बास्केटबल खेलाडी माला शाहले मधेश प्रदेशमै एकमात्र बास्केटबल कोर्ट रहेको भन्दै बास्केटबल कोर्ट बनाउनेतर्फ सरकारको ध्यान जान नसकेको गुनासो गर्नुभयो । “हामी बास्केटबल खेल्न सक्छौँ, तर कहाँ खेल्ने, खेलप्रति सरकारको त्यति ध्यान जान सकिरहेको छैन”, उहाँले भन्नुभयो, “खेलबाटै नेपाल विश्वमाझ चिनिन सकेको छ, तर खेलाडीप्रति सरकारको लगानी छैन ।”

प्रशिक्षक सुरज तिवारी भन्नुहुन्छ, “पर्याप्त बास्केटबल कोर्ट नहुँदा महिला खेलाडी उत्पादन गर्न सकिएको छैन । सबै जिल्लामा कम्तिमा एक/एक कोर्ट निर्माण हुन सके महिला खेलाडी उत्पादनमा सहयोग पुग्छ ।”

राष्ट्रियस्तरका खेलाडीको सहभागिताले उत्साह

नवाँै राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा आयोजित महिला बास्केटबलमा राष्ट्रियस्तरका खेलाडीको सहभागिताले उत्साह थपेको छ । नेपालको राष्ट्रिय महिला बास्केटबल टिमका खेलाडी त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबाट खेलेका थिए । नेपालका कप्तान सदिना श्रेष्ठ, राष्ट्रिय टिमका सदस्य अनुषा मल्ल बागमती प्रदेशबाट सहभागी हुनुहुन्थ्यो । त्यस्तै अन्य खेलाडी पनि बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबमा आवद्ध थिए ।

राष्ट्रियस्तरका खेलाडीको सहभागिताले नवौँ राष्ट्रिय खेलकुदमा उत्साह थपेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताउनुभयो । “टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जालमा मात्रै देख्ने गरिएको राष्ट्रिय खेलाडीलाई जिल्लामै हेर्न पाउनु तनहुँवासीको खुशीको कुरा हो”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रतियोगिता तनहुँमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकेका छौँ ।”

पर्यटन प्रवद्र्धनमा टेवा

प्रतियोगितामा सहभागी हुन देशभरबाट आएका खेलाडी यहाँका धार्मिक तथा पर्यटकीयस्थल घुमेका छन् । उनीहरुले प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही, व्यासगुफा, मानुङकोट लगायतका पर्यटकीयस्थलको भ्रमण गरेका हुन् । यसले यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुगेको छ ।

खेलाडी तथा अफिसियल गरी एक सय ६० भन्दा बढी छ दिनसम्म दमौलीमा बास बस्दा यहाँका होटल व्यवसाय प्रवद्र्धन भएको होटल सङ्घ तनहुँका अध्यक्ष विकास खनालले बताउनुभयो । “देशभरका खेलाडी दमौली आएर यहाँका धार्मिकस्थल घुम्दा उक्त ठाउँको प्रचारप्रसारमा सहयोग पुगेको छ”, खनालले भन्नुभयो ।