४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा छ पदकको टुङ्गो



स्वर्ण पदक देखाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडी ।
अ+ अ-

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा सम्पन्न महिला बास्केटबलमा छ पदकको टुङ्गो लागेको छ । असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सम्पन्न बास्केटबलको फाइभ अन फाइभमा तीन र थ्री बाइ थ्रीमा तीन पदकको टुङ्गो लागेको हो ।

महिला बास्केटबलको फाइभ अन फाइभमा एक विभागीय र पाँच प्रदेश गरी छ टोलीको सहभागिता रहेको थियो । थ्री बाइ थ्रीमा दुई विभागीय र छ प्रदेशसहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दुवैतर्फ गरी त्रिभुवन आर्मी क्लबले एक स्वर्णसहित दुई, सशस्त्र प्रहरीले एक स्वर्ण, बागमती प्रदेशले एक रजत र गण्डकी प्रदेशले दुई कांस्य पदक जितेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइभ अन फाइभमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । बागमती प्रदेशले रजत पदक जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ । थ्री बाइ थ्रीतर्फ सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ ।