काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सोमबारको प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् ।
शर्माले मन्त्री नियुक्त भएलगत्तै श्वेतपत्र ल्याउने घोषणा गरेका थिए ।
सभामुखको सचिवालयका अनुसार वर्तमान आर्थिक स्थितिलाई समेटेर अर्थमन्त्रीले संसदसमक्ष स्वेतपत्र प्रस्तुत गर्न लागेका हुन् ।
वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।