२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठनद्वारा १८ लाख डलर बाराबरको अत्यावश्यक स्वास्थ्य सामग्री मन्त्रालयलाई हस्तानतरण



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयले आज १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तानतरण गर्नुभयो ।

“अत्यवस्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिन चाहान्छु । महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड- १९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दैआइरहेको छ । आज प्राप्त भएको यति धेरै अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले हाम्रो कोभिड- १९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्नेछन् ।  अब यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्नेछ ।” माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिने उहाँले बताउँनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको बताएको छ ।