२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठनद्वारा १८ लाख डलर बाराबरको अत्यावश्यक स्वास्थ्य सामग्री मन्त्रालयलाई हस्तानतरण



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयले आज १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तानतरण गर्नुभयो ।

“अत्यवस्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिन चाहान्छु । महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड- १९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दैआइरहेको छ । आज प्राप्त भएको यति धेरै अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले हाम्रो कोभिड- १९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्नेछन् ।  अब यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्नेछ ।” माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिने उहाँले बताउँनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको बताएको छ ।