३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

हाम्रो पात्रो १२औं बर्ष पुरा गरि १३औं बर्षमा प्रवेश लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

हाम्रो पात्रो १२औं  बर्ष पुरा गरि १३औं बर्षमा प्रवेश लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा
अ+ अ-

काठमाडौं । सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । आफ्नो व्यक्तिगत प्रयोगको लागि बनाएको एप आज हरेक नेपालीहरुको हात हातमा हुन्छ होला भन्ने आभाष त पक्कै पनि हाम्रो पात्रोका फाउण्डर शंकर उप्रेती लाइ पनि आभाषनै थिएन होला।

१२ वर्ष पछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको छ।

सन् २०१० मा iOS मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा मा Android मा रिलिज भएको थियो। एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्यो ।

१२ औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक/ का फाउन्डररसीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्नुभएको छ। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। यी डाउनलोडका सख्याँहरु हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्ष सम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्ष सम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन -उहाँले थप्नु भयो।

सन् २०१९ मा हाम्रो पात्रो मार्फत बाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको छ ।