२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार र छठमा प्लास्टिकका फूल र माला विक्री वितरण गरे १ लाखसम्म जरिवाना



अ+ अ-

काठमाडौं । आउँदै गरेको पर्वहरू तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको विक्री वितरण गरेको पाइएमा कारबाही हुने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले एक सुचना जारी गरी तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने बताएको हो ।

गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेकाले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको वातावरण विभागले जनाएको छ ।

आज जारी गरेको सूचनामा विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने उल्लेख छ ।




भर्खरै