२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

१५ सय एम्पुल औषधिजन्य लागुऔषध सहित ३ जना पक्राउ

१५ सय एम्पुल औषधिजन्य लागुऔषध सहित ३ जना पक्राउ
अ अ+ अ-

काठमाडौं । महानगरी प्रभाग नागढुंगाले १५ सय एम्पुल औषधिजन्य लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा.नं. २ स्थित नागढुङ्गा प्रभाग नागढूङ्गावाट खटिएको टोलीले चेक प्वाईन्ट राखी काठमाडौ भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा बिरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट पक्राउ गरेको हो । 

पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष १९ को नितेश पटेलले सिट मुनि कार्टुन भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई लिई लुकाई छिपाई ल्याएको अवस्थामा निम्नानुसार परिमाण औषधीजन्य लागू औषध फेला परेको हो ।  उक्त परिमाणको औषधीजन्य लागू औषध नितेश पटेललाई प्रारम्भिक सोधपुछको क्रममा बाहिरिको हो । 

बारा जिल्ला कलैया उ.म.न.पा वडा नं. २३ घर भई हाल का.जि किर्तिपुर तिर बस्ने वर्ष १९ को रविन्द्र प्रसाद कुर्मी र पर्सा जिल्ला सखुवापर्सौनी गा.पा वडा नं. ३ घर भई का.जि किर्तिपुर तिर बस्ने वर्ष २० को फैयाज अन्सारीले मगाएको भन्ने जानकारी प्राप्त भई रविन्द्र प्रसाद र  फैयाज अन्सारी नियनत्रणमालिन खोजतलास गर्दा  का.जि किर्तिपुर ट्याङलाफाँट स्थितमा लागु औषध लिन आई कुरी रहेको अबस्थामा भेटिएको  महानगरी प्रभाग नागढुंगाले जनाएको छ। नियन्त्रणा लिईएका थानकोट वृत्तबाट लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ ।