२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लाज लागे मुकुन्डो किनेर ल्याउँला, अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कवितामार्फत सरकारको कटाक्ष गरेकी छन् । 

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले भनिन्, "दलाल पूँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन । आलिशान महलमा तिम्रो बास छ, गरिबको गास खोस, भूमिहिनको सपनामाथि आगो झोस, सिसाको महलबाट भोको पेट लिएर सडकमा छट्पटिएकाहरुलाई ढुंगा हान, संसदलाई लात हान, गठबन्धनपट्टी जवाफदेही बन । संविधान हामीले चिन्दैनौं, संसद हामी जान्दैनौं, हाम्रो एउटा गठबन्धन छ, त्यही गठबन्धनको एउटा उच्चस्तरीय सम्यन्त्र बनेको छ, संसदले भनेको मान्दैनौं, उच्चस्तरीय सम्यन्त्रले भनेको मान्छौं ।"

उनले अगाडी भनिन्, "भूमिसम्बन्धी समस्या आयोग खारेज गरियो, विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो, अब अफताव आलमलाई छोडिन्छ, सर्वसाधारण जनताको बारेमा के मतलब ? कोरोनाको खोप त हुनेखानेले खोजेर लगाइन्छ, हामी त परमादेशबाट बनेको सरकार पो हो त, चानचुने कहाँ होर । स्याब्बास सरकार स्याब्बास लाज लागे मुकुन्डो किनेर ल्याउँला, अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार ।"