२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लाज लागे मुकुन्डो किनेर ल्याउँला, अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कवितामार्फत सरकारको कटाक्ष गरेकी छन् । 

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले भनिन्, "दलाल पूँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन । आलिशान महलमा तिम्रो बास छ, गरिबको गास खोस, भूमिहिनको सपनामाथि आगो झोस, सिसाको महलबाट भोको पेट लिएर सडकमा छट्पटिएकाहरुलाई ढुंगा हान, संसदलाई लात हान, गठबन्धनपट्टी जवाफदेही बन । संविधान हामीले चिन्दैनौं, संसद हामी जान्दैनौं, हाम्रो एउटा गठबन्धन छ, त्यही गठबन्धनको एउटा उच्चस्तरीय सम्यन्त्र बनेको छ, संसदले भनेको मान्दैनौं, उच्चस्तरीय सम्यन्त्रले भनेको मान्छौं ।"

उनले अगाडी भनिन्, "भूमिसम्बन्धी समस्या आयोग खारेज गरियो, विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो, अब अफताव आलमलाई छोडिन्छ, सर्वसाधारण जनताको बारेमा के मतलब ? कोरोनाको खोप त हुनेखानेले खोजेर लगाइन्छ, हामी त परमादेशबाट बनेको सरकार पो हो त, चानचुने कहाँ होर । स्याब्बास सरकार स्याब्बास लाज लागे मुकुन्डो किनेर ल्याउँला, अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार ।"