• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः महिला भलिबलमा सशस्त्र विजयी



म्याग्दी । विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जितेको हो ।

सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४–२६ को अन्तरमा पराजित गरेको थियो । बिनिता बुढाथोकीको कप्तानीमा रहेको शसस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रीएको पुलिस क्लबको खेल प्रतिस्पर्धात्मक थियो ।

यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो ।

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए । विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु १५ हजारका दरले पुरस्कृत गरेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गर्नुभएको थियो ।