२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
अ अ+ अ-

अमेरिका । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल-हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ । 

साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् ।

मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ । अहिले पनि पहिलो पटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूणर् यात्रा नै हो । त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोडने एक मात्र राजमार्ग कस्तो थियो होला र? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किनुभएको छ रनले ।  

अमेरिकामा कला र नाटक अध्यापन गराउने उहाँको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स  स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उहाँ  खुशी हुनुहुन्छ । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूणर् उपलब्धि भएको टिप्पणी पनि गर्नुभयो । 

आफ्नो विगतबारे स्मरण गर्दै उहाँले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गर्नुभएको छ । सन् १९६४मा जब उहाँलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उहाँले नेपाल नै रोज्नुभयो । जब उहाँलाई नेपालको बारेमा जानकारी दिँदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ । आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उहाँले भन्नुभयो, “मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एट्लस ९विश्वमान चित्रको जानकारी दिने पुस्तक० पल्टाएर नेपाल देश खोजँे । एउटा सानो भूगोल भएको यो देशमा मलाई उर्जा दिने धेरै कुरा भेटेँ । त्यसपछि नै नेपाल जाउँ जाउँ लाग्यो ।” 

उहाँले जब नेपाल जाने भनेर मनस्थिति बनाउनुभयो, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गर्नुभयो । नेपाल दुई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पुर्‍याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो । त्यसपछि उहाँ धेरै पटक नेपाल पुग्नुभएको छ । अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीहरुलाई पर्याप्त जानकारी पनि छैन । तर पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई फिल्ममा उतार्न सक्नु उहाँको क्षमता र लगाव दुवै हो ।
 
नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रुपमा काम गर्नुभयो । त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरुले शैक्षिक रुपान्तरणको लागि शिक्षक स्वयंसेवकहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले भन्नुभएको थियो, “७० वर्ष अगाडि नै अमेरिकीहरु गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजवुत बनाउन महत्वपूणर् भूमिका खेलेको थियो ।”

 डा खतिवडाको विचारमा बल दिने गरी रन भन्नुहुन्छ, “त्यो बेला एक त छात्राहरुको सङ्ख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरुलाई स्टेजमा पुर्‍याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्त रुप दिन सफल भएको थिएँ ।”
 
“अभिभावक र शिक्षकहरुको समेत समन्वयमा छात्राहरुको आत्मबल वढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ ।” आठ दशकको उमेर पार गरिसक्नुभएका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाउनुभयो । रन जस्तै तीन हजार ८८० जनाले अमेरिकाबाट अर्को गोलाद्र्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रुपान्तरणमा महत्वपूणर् योगदान पुर्‍याउन सफल भइसकेका छन् । 

 नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग हुनुहुन्छ । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूणर् आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूणर् साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उहाँको अनुभव छ । 

 ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्‍याउन उहाँले महत्वपूणर् भूमिका निर्वाह गर्नुभएको छ । 

ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ । 

वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै सोह्र सय वर्ष अगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ । त्यसमा हिन्दू देवीदेवताको चाडपर्वअनुसारको रुप र कलाबारे समेत चर्चा गरिएको छ । अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्याधिक छ । त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरुमाझ पुर्याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनौट गर्नुभएको देखिन्छ । यसले फिल्मको माध्यमवाट दुई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसुस गरेका छन् । 

डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गर्नुभएका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गर्नुभएको छ । जेजे मिजर र होल्डन सिस्कोको सम्पादनमा निर्माण भएको डकुमेन्ट्रीमा केन केबो, दावा ग्याञ्जेन, डयाल्यान केबो, तोपग्यास लामाले सहयोग गर्नु भएको थियो । 

 केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिनुभयो । रासस