२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको तुईन प्रकरणबारे यथार्थ जानकारी गराउन सभामुखको रुलिङ



अ+ अ-

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी गराउन सरकार लाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभाुमख सापकोटाले यस बिषयमा आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाउदै घटनाका बारेमा यथार्थ जानकारी  गराउन सरकारलाई रुलिङ गर्नुभएको  छ ।

उहाँले भन्नुभयो  ‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ । यसमा मेरो पनि ध्यानाकर्षण भएको छ । सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’