२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म प्रधानमन्त्री हुन नभई देश र जनताको निम्ती जन्मिएको जस्तो ठान्छुः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रक्रिया अनुरुप नै प्रधानमन्त्री बनेको उल्लेख गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "म यो देश र यो देशको जनताको निम्ती जन्मिएको जस्तो ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको होइन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । ६४ वर्षको उमेरसम्म त म प्रधानमन्त्री थिइनँ ।"

उहाँले अगाडी भन्नुभयो,  "म झ्यालबाट होइन, जस्केला-सिँढीबाट होइन, भेन्टिलेसनबाट होइन म मुलढोका, मुलगेटबाट आउनेछु फेरि पनि सुनिराख्नु भए हुन्छ ।"