• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी

आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने ?



दशै सांगितिक टुर रमाईलो भयो । सबै टुर व्यवस्थापन गर्नी लक्की ईभेन्टस् र उहाहरु संग सहकार्य गरी कार्यक्रम आयोजना गर्ने संघसस्था र उपस्थित सबै सबैमा धेरै धेरै धन्यबाद ।

हामी पुगेका ५ वटा मध्य ४ वटा शहरमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको रहेछ । विश्वका धेरै शहरमा बस्ने नेपालीहरु माझ यसरी पहिलोपटक पुग्ने अवसर पाईरहेको छु । यो छुट्टै अनुभव हो । फेरी ( फेरी कार्यक्रम आयोजना हुदा कुरा भैरहनेछ )“ पहिलो पटक उनी आएका थिए ! देशको सम्झना लिएरर पिर लिएर ! गलबन्दिमा अलिकति रमाईलो लिएर !”

जे होस न्युजिल्याण्ड हाम्रो तेन्जिङ नोर्गे संगै पहिलो पटक सगरमाथा चढ्ने सर एडमन हिलारीको देश हो । उनको सम्झनामा यहाको ५ को नोटमा सगरमाथा र एडमनको तस्विर राखिएको छ । यहाँ आउने प्रत्येक नेपालीलाई सोधिन्छ – “ सगरमाथा चढ़ेका छौ ? ”

न्युजिल्याण्ड एकदमै शान्त र प्राकृतिक रहेछ । कृषिमय रहेछ । किवि फ्रुट, डेरी फार्म (गाई पालन ) र भेडा यहाको मुख्य आम्दानीको श्रोत हो । पर्यटन त भैनै हाल्यो । २ जनाको नेपाली परिवारले ४-५ सय गाई पालेको र लाखौ लिटर दुध उत्पादन गरेको भेटियो । किवि फ्रुट बाट मनग्य आम्दानी गर्ने नेपालीहरु थुप्रै छन यहाँ ।

बैंक मा काम गर्ने एक नेपालीका अनुसार यहाँ शुटबुट मा ठाटिएको व्यापारी संग भन्दा सामान्य भेषमा आएको कृषकसंग बढि पैसा हुन्छ भन्ने विश्वास गरिदो रहेछ । यस्ता कुराहरु गुगल गरे पनि भेटिन्छ । विश्वका टप १० मा पर्ने प्राध्यापक नेपालीहरु छन यहा उनीहरु लाई सोधे पनि हुन्छ । अरु रेगुलर काम गर्ने नेपालीलाई पनि आईडिया छ ।

अलिअलि सरकारी खर्च लिएर घुमेर र हेरेर सिकेर गए पनि हुन्छ किनकि हाम्रो देशले अनुशरण गर्न सक्ने कृषिका थुप्रै उदाहरण रहेछन यहा । तर गर्ने कस्ले ? पढेलेखेको एउटा पुस्ता देश बन्ने बेला सम्म क़ुर्नु भन्दा बनेको देशमा गएर शेटल हुन सजिलो मानेर उड्याउड्यै छन । हामी राष्ट्रभक्त भईटोपल्ने हरुले गर्ने मेसो पाउदैनौ । यस्सो गित गायो । गुनासो गर्यो । सकियो ।

देश बनाउछु भनेर ज़िम्मा लिएकाहरु देशकै स्रोत शक्तिले आफ्नाहरु पोस्न र राजनैतिक भाडभैलो गर्नमै व्यस्त छन । “न्युजिल्याण्डमा मानिसको जनसंख्या भन्दा ३ गुणा बढि भेडाहरु रहेछन । त्यो भन्दा धेरै भेडा त नेपालमै छन “ भन्ने जोक यो यात्रामा खुब चल्यो । अब चुनाव आउदैछ । साच्चै आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने रु सोच्ने होकि!

गायक सपुतको फेसबुकबाट