२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उहाँ आगो हो डढेले लगाउनुहुन्छ, एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, "सत्ता परिवर्तन हुनुवित्तिकै यही रोस्टमबाट म आगो हुँ, मसँग नखेल नत्र भन्नुभो । मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु ।" 

उहाँले अगाडी भन्नुभयो, "उहाँ आगो हो थाहा छ डढेलो लगाउनुहुन्छ, तर एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । सरकार बन्दैछ प्रतिपक्षलाई धम्क्याउने ?"