काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै जिल्ला प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
यद्यपि अत्यावश्यक सवारीसाधन भने जतिसुकै वेला चल्न पाउनेछन् । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी गरिने पनि भएको छ ।