२५ भाद्र २०८३, बिहीबार
,
Latest
मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै



अ+ अ-

काठमाडौँ । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाउन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार आज र भोली (बुधबार र बिहीबार) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाइन्छ ।

‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म संचालन हुनेछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन ।

ललितपुर पाटनमा सो क्याप्सुल खुवाईरहेकी महिला स्वास्थ्य स्वयमसेविका दिलशोभा महर्जनले भोलीसम्म सो कार्यक्रम रहेकाले आफ्ना बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गर्नु भयो ।

सरकारले हरेक वर्ष बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सो क्याप्सुल र जुकाको औषधि खुवाउने गर्दै आएको छ ।