२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ ।