१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

टी–२० विश्वकपः आयरल्याण्डले स्कटल्याण्डलाई हरायो

टी–२० विश्वकपः आयरल्याण्डले स्कटल्याण्डलाई हरायो
Ireland's Mark Adair (C) celebrates his wicket of Scotland's George Munsey with teammates during the ICC mens Twenty20 World Cup 2022 cricket match between Ireland and Scotland at Bellerive Oval in Hobart on October 19, 2022. - -- IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE -- (Photo by DAVID GRAY / AFP) / -- IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE -- (Photo by DAVID GRAY/AFP via Getty Images)
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकप छनोट प्रतियोगिता जारी छ । बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यस जितमा कर्टिस क्याम्पर र जर्ज डकरेलले अविजित १९९ रनको महत्वपूर्ण साझेदारी गरे ।

यो जितसँगै आयरल्याण्डले सुपर १२ मा प्रवेश गर्ने आफ्नो आशा जीवित राखेको छ । टोलीले अक्टोबर २१ मा वेस्ट इन्डिजसँग खेल्ने छ । दुवैले एक एक खेलमा हार बेहोरेका छन् ।

अष्ट्रेलियाको होबर्टमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै १७६ रनको चुनौतीपूर्ण रन बनाएको थियो । उसका लागि माइकल जोन्सले ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतकीय इनिङ खेले । उनले १५६.३६ को स्ट्राइक रेटमा ८६ रन बनाए । कप्तान रिची बेरिङटनको ब्याटबाट ३७ रन बनेको थियो । जबकि म्याथ्यु क्रसले २८ रन जोडे ।

कर्टिस क्याम्परले दुई विकेट लिए । मार्क एडेयर र जोशुआ लिटिलले एक–एक विकेट लिए । १७७ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६ बल बाँकी रहँदा पुरा गरेको थियो । उसका लागि कर्टिस क्याम्परले ७२ र जर्ज डकरेलले ३९ रन बनाए । स्कटल्याण्डका लागि वाट, ह्वील र सरिफले एक–एक विकेट लिए ।