२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की ?: खिमलाल भट्टराई



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गर्नुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उहाँकै वरिपरी घुमेको दाबी गर्नुभयो । 

सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार विस्तार हुन नसक्नुमा केपी ओलीकै फोबिया भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ । तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ । सदनमा आउँदापनि उहाँकै चर्चा हुन्छ । सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ ।’

उहाँले गणतन्त्रको सम्बन्धमा केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भएको बताउनुभयो । राजतन्त्रको उन्मुलन, सामन्तवादको उन्मुलन, साम्राज्यवादी शोषणबाट देशलाई मुक्त गर्न र दलाल पुँजिवादबाट देशलाई मुक्त गर्न केपी ओली १४ वर्ष जेल बसेको र आफ्नो जीवन सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि व्यतित गरेको भन्दै ओलीको निष्ठामाथि प्रश्न नगर्न उहाँले आग्रह गर्नुभयो । ओली गणतन्त्रको नेता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाह्रबुदे समझदारीको ड्राफ्टमा हेर्नुभयो भने त्यहाँ को को नेताहरु संलग्न थियो ? त्यहाँ केपी ओली हुनुहुन्छ । आन्दोलनको कार्यसूची तय गर्ने कुरामा केपी ओली हुनुहुन्छ । र सडक आन्दोलनलाई अगाडी बढाउने कुरामा त्यसको अगुवाइ गर्ने कुरामा केपी ओली हुनुहुन्छ । यसहिसाबले कहाँको निष्ठामाथि प्रश्न छ ? गणतान्त्रिक आन्दोलनको नेता केपी ओली, सडक आन्दोलनको नेता केपी ओली, अनि केपी ओलीको निष्ठामाथि प्रहार गर्ने ? त्यो प्रश्न कसरी उठ्यो ? म यसप्रति निन्दा व्यक्त गर्न चाहान्छु ।’

राष्ट्रिय सभा सदस्य भट्टराईले नेपाली कांग्रेस पार्टी विचारशुन्य भएको टिप्पणी गर्नुभयो । कांग्रेसले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शको मृत्यू भइसकेको उहाँले बताउनुभयो । त्यसैगरी माओवादी आफ्नो तागतमा उभिन नसकेर बैशाखीको खोजी गर्दै हिडेको उहाँले जिकिर गर्नुभयो । माओवादी आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमाले र कहिले माओवादीको पछि लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बिचारधारात्मक हिसाबले भन्नुहुन्छ भने कांग्रेसको मृत्यू भएजस्तो हो । आज कांग्रेस प्रजातन्त्र विपीले जुन दृष्टिकोण अगाडी सार्नुभयो, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद यो कांग्रेसको विचारधारा हो । 

आदर्श हो भनेर भनियो । र आज विपी सँगसँगै यि सबै आदर्शहरुको मृत्यू भइसक्या स्थिति छ । कांग्रेस आज गुहिरोको काग भएको छ । माओवादीको हालत भन्ने हो भनेदेखि, माओवादी वैशाखीको खोजी गर्दै हिड्ने हो । माओवादी आफ्नो तागतमा आज उभिने त्यो साहस गर्न सक्दैन । आफ्नो तागतमा माओवादी उभिन सक्दैन । यो यथार्थ हो । कहिले एमालेको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने, कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने माओवादीको हालत यही हो । आफुलाई सबल बनाउन लाग्नुप¥यो । अरुको कद घटाउनतिर भन्दापनि आफुलाई बलियो बनाउनतिर लागियो भनिदेखि राजनीतिक दल बलिया भए भनिदेखि लोकतन्त्र संस्थागत हुन सक्दछ । लोकतन्त्र बलियो हुन सक्दछ ।’

उहाँले सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न नसकेको र त्यसलाई समस्याको रुपमा देखाएको बताउनुभयो । वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुराको विषयमा केही गर्न नसक्ने उहाँको भनाई छ । त्यस्तै सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्न नसक्ने र भुमि सम्बन्धी समस्याको समाधान पनि गर्न नसक्ने उहाँले बताउनुभयो ।